महोत्तरीमा अमरेश सिंहविरुद्ध रास्वपाकै कार्यकर्ताले गरे प्रदर्शन
काठमाडौं । महोत्तरीको सदरमुकाम जलेश्वर पुगेका रास्वपा सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
सोमबार सिंह जलेश्वरस्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अन्य सरकारी कार्यालयको प्रमुखसँग प्रशासन कार्यालयमा छलफल गरिरहेको बेला उनीविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।
स्थानीय नेता कार्यकर्तासँग कुनै समन्वय नगरी सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरेको भन्दै नाराबाजी गरेका हुन् । उनीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतको नारा लगाएका थिए । भिडलाई नियन्त्रण गर्ने प्रहरी समेत परिचालन गरिएको थियो ।
सिंह सर्लाही-४ का निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । जलेश्वर महोत्तरी क्षेत्र नं.३ पर्छ।
