सांसदले उठाएका प्रश्नको जवाफ मन्त्रीले ७ दिनभित्रै दिनुपर्ने
काठमाडौं। संसद्मा सांसदले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले ७ दिनभित्रै दिनुपर्ने भएको छ। प्रतिनिधिसभा नियमावलीको नियम १५ मा शून्य र विशेष समय सम्बन्धी व्यवस्था छ।
शून्य र विशेष समयको अलावा अघिल्लो बैठक र प्रारम्भ हुन लागेको बैठक बीचको अवधिको कुनै गम्भीर प्रकृतिको घटना वा विषयको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन सांसदले ढ्याप ढ्याप गरी समय माग गरेमा सभामुखले आकस्मिक समय उपलब्ध गराउन सक्नेछन्।
अगाडि भनिएको छ,आकस्मिक,शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनुपर्नेछ।
