विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै हाम्रो अनलाईन ९ बैशाख २०८३ काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाको तयारी बारेमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।