सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक खड्का डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकराजेन्द्र खड्कालाई रिक्त नायब महानिरीक्षक (डीआईजी) पदमा सिफारिस गरिएको छ।

सशस्त्र प्रहरी डीआईजी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरिएकाले उनको स्थानमा खड्कालाई बढुवा सिफारिस गरिएको हो। यो सिफारिमास चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने जनाइएको छ।