श्रम संस्कृति पार्टीको विरोध कायमै,सभामुखले दिए कारबाहीको चेतावनी
काठमाडौं। प्रतिनिधिसभामा आज पनि श्रम संस्कृति पार्टीले विरोध जनाएपछि संसदको मर्यादा कायम राख्न हर्क साम्पाङलाई सभामुखको रुलिङ गरेका छन्।
प्रतिनिधिसभामा आज पनि पर्चा देखाउँदै सरकार विरुद्ध श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाएका हुन्।
सांसदले पनि नियमित रुपमा सभाको विपरित संसदमा प्लेकार्ड देखाउने, अभद्र व्यवहार देखाउने गरेको भन्दै प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० बमोजिमको आफ्नो व्यवहार सच्याउन सभामुखले चेतावनी दिएका छन्।
