रवि लामिछाने कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसदहरूसँग अन्तरक्रिया गर्ने भएका छन्।
प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेले आज कोशी प्रदेश र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्ने भएका छन्।
रास्वपाको सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा हुने छलफल कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म र मधेस प्रदेशका सांसदहरूसँग दिनको १:३० बजेदेखि ३स्३० बजेसम्म हुने प्रवक्ता झाले जानकारी दिएका छन्।
