अमरेश सिंहले भने-बजेट कार्यान्वयन हुँदैन

काठमाडौं । रास्वपा सांसद डा.अमरेशकुमार सिंहले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुने विश्वास नरहेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि टिप्पणी गर्दै प्रतिनिधिसभा बैठकमा सांसद सिंहले आफू दक्षिण एसियाको राजनीतिको विद्यार्थीसमेत भएको भन्दै जीडीपीको ३२/३३ प्रतिशत कहीँ पनि बजेट नबनाउने भन्दै बजेट कार्यान्वयन नहुने बताएका हुन्।

रास्वपा सरकारको कार्यशैलीको सुरुदेखि नै विरोध गर्दै आएका उनले सरकारले ल्याएको बजेटलाई फुकिएको बेलुनको संज्ञा दिए।

‘फुकिएको बजेट लामो समय टिक्दैन, त्यसकारण मलाई विश्वास छैन कि यो बजेट कार्यान्वयन हुन्छ,’उनले भने–‘बजेट कार्यान्वयन भएको भोलिपल्ट देश सिंगापुर हुन्छ, जापान हुन्छ, दुबई हुन्छ’।