दिपक भट्ट, सुलभ अग्रवालसहित ४ जनाविरुद्ध ४२ करोड बैंकिङ कसुरमा मुद्दा दायर

काठमाडौं । व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर भएको छ । उनीहरूविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा मुद्दा दायर भएको छ ।

अदालतमा दायर भएको अभियोगपत्रअनुसार उनीहरूविरुद्द ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

उनीहरूले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ ले निषेध गरेको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको छ । उनीहरू मध्ये दीपक र सुलभलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

अहिले पनि उनीहरू हिरासतमै छन् । यसका साथै दीपक र सुलभविरुद्ध सम्पत्ति शुद्धीकरणको छुट्टै मुद्दा पनि अनुसन्धान भइरहेको छ ।