बागमती प्रदेशको ६६ अर्ब हाराहारी बजेट स्वीकृत, भौतिक पूर्वाधारलाई प्राथमिकता

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार उक्त बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको छ र प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको छ। बजेटमा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिइएको बताइएको छ।

मन्त्रिपरिषद् बैठकपछि बजेट आजै प्रदेशसभामा पेश गरिनेछ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि बागमती प्रदेशले ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो।