प्रधानमन्त्रीको अभिव्यक्ति बारे गोप्य मतदान गर्न माग
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्तिबारे छिनोफानो गर्न नयाँ प्रस्ताव अघि सारेको छ । प्रधानमन्त्री बालेनले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएपछि सदनमा विपक्षी दलहरुले निरन्तर विरोध गर्दै आएका छन् ।
सोही विषयमा कांग्रेस सांसद रेखा कुमारी यादवले नयाँ प्रस्ताव अघि सारिन् । उनले भनिन्, ‘यो सदनमा नियम नै मिच्ने हो भने एउटा गोप्य मतदान गरौँ, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति, सत्तापक्ष र विपक्षबाट जे हुन्छ, त्यही गरौँला ।
यस्तै यादवले सरकारका मन्त्रीहरूलाई नियम कानुन लाग्छ कि लाग्दैन भनेर प्रश्न समेत गरेकी छन् । उनले भनिन्, अर्थमन्त्री (स्वर्णिम वाग्ले) ज्यूले दिनुभएको अभिव्यक्ति, रोष्टममा बसेर सांसदलाई थर्काउने होइन।
देशमा नियम कानुन छ। यदि थाहा छ भने उहाँले ‘फाइल खोल्छु’ भनेर धम्की दिनुहुन्छ सांसदहरूलाई भने, देशको नियम कानुन अन्तर्गत रहेर उहाँले फाइल खोलेर कारबाही गर्नुपर्छ। धम्की होइन, आफूलाई बचाउनलाई आफ्नो बचाउ गर्नलाई धम्की दिने होइन ।
त्यस्तै, भौतिक पूर्वाधार मन्त्री (सुनिल लम्साल) ले ठेकेदारलाई लक्षित गरी दिएको अभिव्यक्तिप्रति पनि उनले प्रश्न उठाइन्। ‘पूर्वाधार मन्त्रीज्यूले ठेकेदारको गएर काम नगरे खुट्टा भाँचिदिनुु भनेर भन्नुभयो। के देशमा नियम कानुन छैनरु उहाँ सर्वमान्य हुनुभयोरुु यादवले प्रश्न गरिन्, ‘के हाम्रा देशका मन्त्री, प्रधानमन्त्रीज्यूहरूले कानुन नमान्ने होरु उहाँहरूले देशको नियम कानुन मान्नुभएन भने कसले मान्ने ?
