सुनचाँदीको मूल्यमा भारी गिरावट,प्रतितोला कति ?
काठमाडौं। नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्यमा भारी गिरावट आएको छ। आज एकैदिन सुन प्रतितोला दश हजार ५०० रुपैयाँले घटेको छ।
यससँगै शुक्रबार सुन प्रतितोला २ लाख ८६हजार ७०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३०५ रुपैयाँले घटेर चार हजार६४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।
