तीर्थराज अर्यालसहित ४ जनालाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । प्रहरी हिरासतमा रहेका तीर्थराज अर्यालसहित चार जनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ ।

राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका उनीहरूमाथि अनुसन्धानका लागि अदालतले दोस्रो पटक ५ दिन म्याद थपको अनुमति दिएको हो ।

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले प्रतिवादीहरू तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्लविरुद्ध म्याद थप गरेको हो ।