विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईंलाई प्रहरीले लगेर घरमा छोड्यो

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले प्रसाईंलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि प्रहरीलाई उनलाई विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो । विमानस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई घर पुर्याएको छ ।

प्रसाईंलाई निषेधित क्षेत्र ९विमानस्थल० भित्र कार्यक्रम गर्न रोक लगाउँदै नियन्त्रणमा लिएर उनको भक्तपुरस्थित आफ्नै निवासमा पुर्याएको छ । प्रसाईंले गणेश नेपालीको न्यायका लागि भन्दै विमानस्थलमै विशेष सम्बोधनको तयारी गरेका थिए ।

प्रसाईंले पत्रकार सम्मेलन गर्ने भनेपछि थुप्रै युट्युबर तथा मिडियाकर्मी विमानस्थल पुगेका थिए । तर, प्रहरीले प्रसाईंलाई विमानस्थलमा कार्यक्रम गर्न नदिएपछि विमानस्थल पुगेका युट्युबर तथा मिडियाकर्मीहरु रित्तै फर्किएका छन् ।