सत्ता गठबन्धन दलको सिट बाँडफाँडका लागि कार्यदलको बैठक बस्दै

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनको कार्यदलको बैठक आज पनि बस्दैछ।बैठक बिहान ११ बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनेछ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन दलहरूबीच सिट बाँडफाँटका लागि बैठक बस्न लागेको हो।
बुधबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो।गठबन्धन भित्रका दलहरूले सिटमा आफ्नो-आफ्नो दाबी नछोड्दा सिट बाँडफाँटको टुंगो लाग्न सकेको छैन।
दलहरू दाबी गरेको सिटबाट पछि नहट्दा असहज परिस्थिति पैदा भएको छ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्र ६० सिटको दाबीको अडानबाट पछि हटेको छैन।
नेकपा एकीकृत समाजवादीले ४०, जनता समाजवादीले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका छन्।
