गठबन्धनसँग भागबन्डा नमिले जसपाले एकलै निर्वाचन लड्ने

काठमाडौं। आसन्न निर्वाचनको सन्दर्भमा पार्टीहरुको अवस्थाबारे अनेक अड्कल बाजी भइरहँदा जनता समाजवादी पार्टी, नेपाल भने यसपालीको निर्वाचनबाट मजफो कालिन अवस्थाको पार्टी झै शक्तिशाली जसपाको उदय हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले दावी गरेका छन् ।

 

 

 

पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले उक्त कुरा बताएका हुन् । कम्तीमा हामी मधेशमा गठबन्धन गर्नुपर्ने अवस्थामा छैनौँ ।

 

 

हामी मधेशका सबै क्षेत्रमा एक्लै लड्न तयार छौँ । मधेशका हरेक क्षेत्रका नेता कार्यकर्ताहरुको एउटै माग छ,मधेशमा गठबन्धन नहोस् हामीलाई क्षति हुन्छ ।

 

 

 

हाम्रो जस्तो बलियो आधार क्षेत्र त काङ्ग्रेसको पनि छैन अहिलेको अबस्थामा । विभिन्न पार्टीसँग एकताको नाममा भागबन्डा गर्नुपर्ने र पार्टीभित्र सन्तुलन मिलाउने नाममा योग्य उम्मेदवारले टिकट नपाउने कारणले पार्टी उठ्न सकेको थिएन अब उक्त अबस्था नरहेकोले यसपालीको निर्वाचनबाट जसपा मधेशमा एकछत्र छाउँछ बस्नेतले भने ।

 

 

गठबन्धन गर्दा जसपाले जती क्षेत्र मधेशमा छोड्नुपर्छ त्यती नै क्षेत्र अन्यत्र जित्ने सुनिश्चिता भएमात्र गठबन्धन हुन्छ, अन्यथा गठबन्धन गर्नुपर्ने कुनै कारण नभएकाे बस्नेतले बताए। 

 

 

 

स्थानीय तहको निर्वाचनको अनुभव सुनाउँदै उनले भने, विगतमा हामीले इमान्दारी पूर्वक गठबन्धनलाई सघायौँ तर गठबन्धनले हामीलाई भने धोका दिएको छ यसबाट हामीले पाठ सिकेका छौँ ।

 

 

 

पार्टीलाई स्थापित गराउन र उत्पीडित समुदाय र श्रमजीविहरुको पार्टीको रुपमा जसपालाई स्थापित गराउन हामी कुनै कसर बाँकी राख्दैनौँ” उनले भने ।

 

 

 

जसपाले मधेससँगै प्रदेश १ को मोरङ, सुनसरी, खोटाङ, धनकुटा, भोजपुर, लुम्बिनीको बाँके, रुपन्देही, कपिलवस्तु, नवलपरासी, बर्दिया सुदुरपश्चिमको कैलाली र कञ्चनपुर, बागमती प्रदेशको काठमाण्डौमा चुनाव जित्ने दावी गर्दै आएको छ ।