आजमिति २०७५ कार्तिक १४ गते बुधबार तपाईका लागि यस्तो छ आजको राशीफल

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको दिन साँस्कृतिक रुपमा महत्त्वपूर्ण हुनेछ । बाहिर जान्छु भन्दा भन्दै एक्कै ठाउमा थन्किएर बस्नुपर्दा निरासा छाउनेछ । तपाइले गर्ने व्यवसायको सन्दर्भमा प्रगति देखिन्छ । सुधार, सम्बर्धन गर्दै जानु पर्ने कामहरु धेरै आउला । सफलताको सम्भावना बढेर आएको देखिन्छ । केहि नभएपनि सानो २–३ वोटा भएपनि अबश्य कामहरु बन्नेछ । टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ । छिमेक तिर वा टोल तिर अलि राम्रो भएको देख्न सकिएला । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अध्ययनको लगावले अलि बढी पढाई लेखाइमा लाभ होला तर केहि अबरोध पनि आउनेछ, बुद्धि लागे समय मिलाउनु होला । केही संघर्ष गर्नुपर्ला जस्तो देखिएता पनि छिट्टै सफलता पाउनु हुनेछ । जिम्मेवारी बढिरहनेछन् । मान सम्मानको चिन्ता होला । नाति नातिना आदि केहि समय छुटिएला । तिर्थ यात्रा वा कुनै किसिमको भ्रमणको कुरा आउला वा जान पाइएला । जन्मदिन वा ब्रतबन्ध आदि महोत्सव होला । अरुले इज्जत गर्नेछ । सम्मान गर्नेछ र गन्ने सुन्ने मान्छेले मान्नेछ । आजको दिन वर पर घुमिरहनु पर्ने जस्तो बनाइदिन सक्छ । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

नारीहरुको लागि राम्रो छ, खोजेकै सामानहरु मिल्ला । खर्च लागे पनि दिगो फाइदा पछि होला । कर्जा लिनुपर्ने वा दिनु पर्ने जस्तो हुन सक्छ । केही दौडधुप गर्नुपर्ला । संघर्ष गर्नु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । नयाँ भोजन गर्न मन लाग्न सक्दछ । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले तपाईले बुद्धलाइ मान्दा राम्रो हुन्छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तन्दुरुस्टता आउनेछ, फुर्ति र चुस्ती आउनेछ । धननै सब थोक होइन सान्ति पनि चाहिने भन्ने बिचार आउने । काम बिग्रन सक्छ तर होस् गरे नबिग्रेला वा कम मात्र बिग्रेला । अरूको मुख नताक्नु होला किनकि साथ दिन्छु भन्नेले कुरा फेर्न सक्छ वा काम कुरा अलि दिलो गरिदिन सक्छ । व्यक्तिगत समय पाउन अलि गाह्रो होला, कोहि न कोहि मान्छे आइ रहने हुँदा भबिष्यमा कुनै व्यवसाय तिर जाने आदि बारे कुराकानी बन्ला । गौरव गर्ने वा घमण्ड गर्ने रहर होला । अरूलाई प्रभावित पर्न मन हुनेछ वा अरु त्यति कै प्रभाभित हुनेछन । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको रासी हो त्यसैले तपाईले चन्द्रमालाइ मान्दा राम्रो हुन्छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दैनिकीमा धेरै परिवर्तन आएपनि मन स्थिर नै रहला । चाहिने सर सामानको खोजबिन होला । युक्तिले र लगनसिलताले बिग्रेको काम कुरा आदि जहा बाट पनि मिलाउन सकिएला । आफुले अरुको लागि सहयोग र समय दिनु पर्नेछ । बिनाकुनै कारण शत्रु नबनाउनु होला । कसरि ऋण चुकाउ भनि व्यवस्था मिलाईएला । भौतिक साधनले जीवनशैलीमा सहजता आउला । धार्मिक यात्रा आदिको अवसर जस्तो आएको देखिन्छ । सापटी दिन–लिन सकिएला । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले तपाईले सुर्यलाइ मान्दा राम्रो हुन्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

यात्राहरु गर्ने अवसर बढेर आएको देखिन्छ । पारिवारिक माहोल आउन सक्दछ । सृजनात्मक लगनशीलता बढ्नेछ र सफलता दिलाउनेछ । छोरा छोरीहरुले आमा बुवा भनेर सम्झेलान । हाल खबर सोध्लान । धेरै भाइ बहिनीहरु संग जमघट हुन सक्छ । प्रियजनको सहयोग नमिल्नाले चोट मिल्नेछ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । जति मिहिनेतल गर्यो उति आम्दानीहरु बढाउनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले तपाईले बुद्धलाइ मान्दा राम्रो हुन्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

विभिन्न संघ संस्थामा जान आउन पाउला । घर–परिवार–सन्तान आदिको जिम्मेवारी आदि देखिन्छ । पशुपालन तथा कृषि क्षेत्र राम्रो गर्नु पर्ने देखिन्छ किन कि त्यसमा सुधारहरु गर्नु पर्ने समयहरु आएको छ । यसो कतै जाने मन नहुने होला । श्रीमती तर्फाबाट पनि पारिवारीक सुख बढेर आउनेछ । दिन चर्या भ्याइ नभ्याइ होला । सोचेको काम कुरा बनेर जानेछ वा सकाउनै पर्ने जस्तो होला । बिहान देखि कामको अलमल हुनेछ । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले तपाईले शुक्र ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

अनुकुल स्थिति आउन सक्ने हुन्छ, बिग्रेको काम कुरा नै आफै बन्ने बातावरण मिल्ला । यात्राको अलि माहोल बनेको छ, तर घुम्न नै पाउला भने भन्न सकिन्न । इज्जत र सम्मान पाउनु पर्ने ठाउँ बाट पनि पाउन कम भएको जस्तो होला । आफ्नो भन्दा गन्ने सुन्ने मान्छेको कुरा दब्दबा होला । आजको दिन धेरै महत्त्वपूर्ण हुनेछ र नया काम फेला पर्न सक्छ । चुनौती पन्छाउँदै अघि बदना सकेनेछ । गुरु जनहरुको आर्शिवाद पाईएला । बिबाह आदि मंगलमय पर्व होला । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले तपाईले मंगल ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य सबल बनाउन सकिएला र राम्रो पनि भएर आउला । काम कुरा आदिलाई छिटो सकाइ मुक्त हुन मन होला । काम रोकिन लागेको जस्तो भएर मन खिन्न हुनेछ तर चिन्ता गर्नु पर्दैन काम सब बन्ने छ । दैनिकी चाहिने बस्तुहरु खरिद गर्नु पर्ला । थोरै लाभको मात्र सम्भावना देखिन्छ हालको समयमा । सहयोग गर्नेहरू आफै भेटिनेछन् । चिन्ता गर्नु पर्दैन, प्रतिस्पर्धीहरूले हार खानेछन् । केही चुनौती देखिए पनि मन भएजति पुरा गर्न नसक्ने नहोला । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रोगलाइ दबाउन अलि गाह्रो होला र बिरामी भए बिस्तारै मात्र ठिक होला । तपाइको गौरव गर्ने क्रियालाई अरुले घमण्डको रुपमा लिन सक्ला । कोहि न कोहि मान्छेबाट भेटघाट भइ नै रहनेछ । सन्तानको सहयोग लाभदायी बन्नेछ । काम संग सम्बन्धित् जनहरुलाइ भेटिएला वा भेटघाट गर्न जान पाउला । श्रमको मूल्यांकन होला । नयाँ काममा हात हाल्ने समय छ । अलि प्रयत्न गरे रोकिएका काम बनाउन सकिनेछ । काम वा धननै सब थोक होइन शान्ति पनि चाहिने भन्ने बिचार आउने हुन्छ । जे बुद्धिमा आयो त्यहि बोलि फुट्न सक्छ । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

प्रयत्न गर्दा आउने समस्या समाधान हुनेछन्, हरेस नखानु होला । दैनिकीमा नसोचेको परिवर्तन आउन सक्छ । ब्यवसाहित वा टेक्निकल अलमलले काममा बाधा ल्याउला । अरुको मिठो र चिप्लो कुरामा नआउनु होला । आफ्नै पराक्क्रमा विश्वास गर्नु होस् । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझावलाइ गहिरो गरि लिएर चिन्तन मनन गरि महत्वपूर्ण काममा अघि बढ्नु होला । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले तपाईले सनी ग्रहलाइ मान्दा राम्रो हुन्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कमजोरीलाइ धेरै सुधारि अघि बढ्दै जान सकिनेछ । मनोरञ्जनको समय छ । रमाइलो समय छ । सहज काम उच्च आम्दानी बिचारको सिद्धान्तमा दिन कटिएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो उन्नति हुनेछ । प्रतिस्पर्धीहरूले अलमल गर्ने छन्, उल्टो बाटो खोलिदेलान । पारिवारिक माहोल आएर काम तिर ध्यान दिन अलि नसकिएला । छोरा छोरीहरुले सम्झेला । भाइ बहिनीहरु प्रतिको जिम्मेवारी निभाउन सकिएला । साथीहरु प्रत्ति पनि राम्रो देखिएको छ । सम्बन्ध गढ़िनेछ । फाइदा हुने काम प्राप्त हुन सक्छ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले तपाईले बृहस्पति ग्रहलाइ मान्दा राम्रो हुन्छ ।