मोबाईलमा ब्याट्री नटिक्ने समस्याले गर्दा हैरानीमा हुन्छन भने ब्याट्री टिकाउँने तरिका यस्तो छ

१)      पटक–पटक चार्ज नगर्नुहोस स् हामी धेरैको मोबाईल लत भैसकेको छ । लोड्सेडिङको समस्याका कारण भनेको बेलामा चार्ज गर्न नपाइने होकी भन्ने चिन्ताले थोरै चार्ज कम हुने बित्तिकै चार्जमा हाल्छौ । यदि तपाईले पनि यस्तो गर्ने गर्नु भएको छ भने सावधानहुनुहोस् । पटक–पटक यस्तो गर्दा ब्याट्री बिग्रदै जान्छ र आयु कम हुन्छ ।

 

२)     रातभर चार्ज नगर्नुहोस स् दिनभरी मोबाईल चलाइन्छ । ब्यस्त जिन्दगी भोली विहानै कतै दौडनु पर्ने हुनसक्छ । त्यसैले हामी धेरैले राती सुत्नेबेलामा मोबाईल चार्जमा राखेर सुत्छौ । रातभरी चार्जमा छाड्दिन्छौ । तपाईको यस्तो बानी छ भने आजैबाट छाड्दिनुहोस् । यसले ब्याट्री सबैभन्दा चाँडै बिगार्छ । यसो गर्दा शक्ति निरन्तर ब्याट्रीमा जान्छ र आयु कम हुन्छ जसले गर्दा ब्याट्री नटिक्ने समस्या देखा पर्छ ।

 

३)     जिपिएस लगातार अन नगर्नुस स् ग्लोबल पोजिसन सिस्टम ९जिपिएस० लगातार अन गरेर राख्दा ब्याट्री निकै तातो हुने गर्छ । लगातार अनलाइन रहिरहँदा ब्याट्री डिस्चार्ज हुने गर्छ । यी दुई कारणले ब्याट्रीमा नराम्रो असर पर्छ ।

 

४)    धेरै भाइब्रेसन मोडमा नराख्नुस स् धेरै जसोले मोबाइल साइलेन्समा राख्नका लागि भाइब्रेसन मोडमा लैजान्छन् । लगातार भाइब्रेसनमा राखेर चलाइने फोनको ब्याट्री चाँडै डिस्चार्ज हुने गर्छ । ब्याट्रीको आयु कम हुने एक प्रमुख कारण यो पनि