आज मिति २०७५ साल फागुन ११ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

सत्रु परास्त हुँनेछन् भने न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुँनेछन् । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंत्तिमा आउँनेछ भने नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मन पर्ने साथि तथा आत्मिय मित्रका साथमा रमाईलो गफ गरि दिन व्यातित गर्न सकिनेछ । मामा तथा मावलि पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईने हुँदा मन खुसि रहनेछ ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

अध्ययन तथा अध्यापनमा मन जाने तथा नतिजा तपाईकै पोल्टोमा आउँनेछ । शिक्षा पेशा सँग सम्बन्धित व्यावसायबाट भनेजस्तो लाभ लिन सकिनेछ । रोकियका काम बन्नाले मनग्गे लाभ हुँनेछ । चिठ्ठा,उपाहार तथा आकश्मिक लाभ हुँने योग रहेकोछ । प्रेम प्रशङग सकारात्मक बाटोमा अगाडि बढ्नेछ । साझपख खानपानमा ध्यान दिनुहोला सामान्य पेट सम्बन्धि समस्या आउँन सक्छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट सन्तोषजनक आम्दानि हुँनेछ भने अन्य क्षेत्रमा तपाईको उपस्थिति कमजोर रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । साझपख समय राम्रो रहेकोले माया प्रेममा खुलेरै रमाउँन सकिनेछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

छोटो तथा रमाईलो भ्रमण गर्ने अवसर प्राप्त हुँनेछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नुका साथै नयाँ काम तथा उद्योग शुरु गर्ने समय रहेकोछ । दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने जुन सुकै कामपनि फस्टाएर जानेछ । आफुले मन पराएको मानिसलाई आफ्नै मन मुटुमा राखेर माया गर्न पाउँदा मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा मन जाने हुँनाले भनेजस्तो नतिजा हात लाग्नेछ । साझखप घरजग्गा सम्बन्धि बिवाद आउँन सक्छ ध्यान दिनुहोला ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा समयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछि सम्म आम्दानि हुने व्यावसायमा लगानि बढाउन सकिनेछ । अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । बेलुकीपख समय मध्ययम रहेकोले यत्रा गर्दा ध्यान दिनुहोला ।

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पो

तपाईबाट राम्रा काम हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । राम्रा पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ भने बिलाशि तथा सुन्दर बस्तुको प्रयोग गर्न पाईने हुँदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले सकारात्मक नतिजा हात लाग्नेछ । प्रेम प्रशङगमा दिल खोलेर रमाउँन सकिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

लामो दुरिको बिदेश यात्राको अधिक सम्भावना रहेकोछ भने बिदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । अन्य काममा व्यास्त हुँनुपर्दा पढाई लेखाईमा तपाईको उपस्थिति कमजोर रहनेछ । आफन्तअरुको लागि समय दिनुपर्दा आफ्नो कामभने थाति रहनेछ ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुँनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपि निकास पाउँने योग रहेकोछ । अध्यनमा प्रगति हुँनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । साझपख यात्रा हुने प्रवल सम्भावना रहेकोछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

व्यापार व्यावसाय फस्टाएर जाने तथा मनग्गे आम्दानि हुँनेछ । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुँने तपाईको निर्णयको सबैतिर चर्चा हुँनेछ । नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुँनेछ । गित संगित तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउँन सकिनेछ । सरकारि तथा प्रशासनिक काममा तपाईको गतिलो उपस्थिति रहनेछ । पढाई लेखाईमा राम्रा प्रगति गर्न सकिनेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

बिशिष्ट तथा उच्च पदश्थ ब्यात्तिहरुको संगतले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सफल होईनेछ । तपाईको बौद्धिक क्षमतालाई सबैले सम्मान गर्ने तथा अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । अध्ययन तथा अनुशन्धानमा समय दिनेहरुले सफलताका सिडिहरु चुम्नेछन् । धार्मिक अनुष्ठान तथा मन्दिरतिरको यात्रा तय गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । साझपख समय मध्यमय रहेकोले व्यापार व्यावसायमा कम आम्दानि हुनेछ ।

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्याबधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारि चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोस जागर हराएर जानेछ । माईति चेलि बिचको सम्बन्धमाको दुरी केहि बडेजस्तो हुँनेछ । साझपख पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

आफन्त तथा जीवनसाथी सँग असमज्दारि बढ्नाले केहि महत्वपुर्ण कामहरु रोकिन सक्छ ध्यान दिनुहोला । रमाईलो यात्राको अवसर जुर्ने भएपनि आफ्नै कमी कमजोरिले समयमा गन्तब्यमा पुग्न कठिन रहेकोछ । अन्य काममा व्यास्य हुँदा अध्ययन अध्यापन अधुरै रहनेछ । एकल तथा साझेदारि व्यापार व्यावसायमा फस्टाएर जाने भएपनि साझेदारहरुबिच मनमुटाव बढ्ने योग रहेकोछ । माया प्रेममा आत्मियताको कमि हुँने तथा मनमुटाव बढ्नेछ ।