त्रिशुली नदीमा बस दुर्घटना,थप विवरण आउन बाँकी

चितवन, चैत १२ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ स्थित केबलकार नजिकैबाट त्रिशुली नदीको किनारमा बस दुर्घटना भएको छ ।
काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो ।

 

बसमा चालक, सहचालक र अर्काे बसका चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेको छ ।

 

अहिले प्रहरी पुगेर उद्धार कार्य सुरु गरिएको प्रहरी निरिक्षक नविन बु्ढाथोकीले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको छ ।