भोलि सार्वजनिक बिदा

काठमाडौं, चैत २१ । सरकारले काठमाडौँ उपत्यकामा भोली (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडा कुदाउने चलन रहकाले बिदा दिएको हो ।

 

चैत कृष्ण चतुर्दशीका दिन भूत, प्रेत र पिशाचले बालबालिकालमई दुख नदियोस् भनेर बुझाउने र बुझाउदा पनि नजानेलाई औँसीका दिन घोडाको टापले कुल्चिएर भगाउने परम्परा परापुर्व कालदेखि नै बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

 

उनको अनुसार पहिले बालबालिकाहरुलाई किचकन्या, मुर्कुटाले दुख नदियोस् भनेर पुरा सहरभरि घोडा कुदाउने गरिन्थ्यो , तर अहिले मानिस र घरहरुको चापले टुडिखेलमा मात्र कुदाउने गरिएको बताए ।