आजको मौसम कस्तो रहनेछ हेर्नुस्

काठमाडौं, वैशाख २७ । शुक्रबार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एक÷दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।

 

त्यसैगरी रातिको समयमा देशको पूर्वी पहाडी भेग लगायत मध्य र पश्चिमि भू९भागमा आंशिक बदलिको संभावना छ भने बाँकी भागहरुमा मौसम सामान्यतया सफा रहने संभावना छ। पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ ।