अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए विश्वकै हिरो बन्छु, विप्लव ढिलो चाँडो नेकपामा आउँछन् : प्रचण्ड

काठमाडौं,साउन १३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए विश्वकै हिरो बन्ने बताएका छन् ।सोमबार खुमलटारस्थित आफ्नै निवासमा पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका ‘विप्लव’नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

 

अन्तर्राष्ट्रिय अपराध अदालतको कार्यालय नेदरल्याण्डको हेगमा छ । उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने आफूलाई हेग लगेर झुन्ड्याउने रे भन्ने कुरा सुनेको छु, मलाई हेग लगे त म विश्वकै हिरो हुन्थे, तर कसैले लादैन, यदी कसैले लगे मेरो गर्वको कुरा हो ।’

 

आफुलाइ हेग पुर्‍याए संसारका जनताले न्यायको पक्षमा रहेको भनेर चिन्ने अवसर हुने बताए । प्रचण्डले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र भइन्जेल हेगमात्र होइन विश्वको जुनै ठाउँमा पुर्याए पनि कुनै फरक नपर्ने बताएका छन् ।

 

साथै उनले विप्लवलाई क्रान्ति छोडेर शान्तिपूर्ण वार्तामा आउन आग्रहसमेत गरेका छन् । उनले क्रान्ति दुई-चार जनाका कुराले मात्रै नहुने भएकाले विप्लव पनि ढिलो चाँडो नेकपामा आउने बताएका छन् ।