सुदुरपश्चिममा निरन्तरको हिमपाँतले जनजिवन अस्तब्यस्त, सडक,हवाई सेवा समेत बन्द

 बाजुरा,पुस २४। शुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा लगातारको हिमपाँतले जनजिवन अस्तब्यस्त बनेको छ । बिहिवार विहान देखीको हिमपाँत नरोकिएपछि अत्याधिक चिसोले दैनिक जिवन प्रभाबित भएको छ । एक ठाँउ बाट अर्को ठाँउमा आवतजावत गर्न समस्या हुनुका साथै गाँउमा फोन  सम्पर्क बिच्छेद भएको छ ।

 

निरन्तरको हिमपाँतले नेपालगञ्ज बाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवा बन्द भएका छन् ।

दैनिक नेपालगञ्ज बाट ३० देखी ४० सम्म हुने उडान सेवा एक सता देखी बन्द भएको नागरीक उड्यन प्राधिकरण नेपालगञ्जले जनाएको छ । उडान गर्न खोज्दा पनि प्रतिकुल मौसमले हुन सकेको छैन ।

 

हवाइ सेवा अबरोध भएपछि एकसाता देखी नेपालगञ्जमा रहेको यात्रुहरूले वताएका छन् । दैनिक एरपोट जाने काम मात्र भएको बताउ छन् ।

सधै जहाज रद्ध हुने गरेको अझै कति समय लाग्ने हो भन्दैै यात्रुहरूले भने । त्यस्तै हिमाली र पहाडि भेगमा सडकहरु बन्द भएका छन् । मार्तडी कोल्टि सडक एक साता देखी बन्द भएको छ। स्थल र हवाइ मार्ग सबै बन्द रहेकाा छन्।

 

बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय तह हुम्ला, मुगुका केही क्षेत्र सञ्चार बिहिन बनेका छन् । टावरमा रहेका सोलारका ब्याट्रिमा चार्ज नभएपछि सञ्चार बिहिन बनेकाे   स्थानीय बासिन्दाले बताएका छन् । उत्तरी क्षेत्रका ४ स्थानिय तह हुम्ला, मुगु र कालिकोटका केही टावरमा लिंङ्क भएको पोरखे टावरमा बिधुत पावर नहुदा चार दिन देखी टावर सञ्चालन आउन नसकेको स्थानीय बासिन्दाले बताएबा छन् । ति क्षेत्रमा फोन र इन्टरनेट नहुँदा स्थानिय तहको काम काज समेत प्रभाबित भएको छ ।

 

चिसाको कारणले हिमाली भेगका गाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशि तिर झरेका छन् ।

 

हिमाली भेगका बिद्यालय पुर्ण रुपमा बन्द भएका छन् । जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या अाएकाे छ। एक त बिद्यालयमा भौतिक पुर्वाधार छैन्, अर्को यस्तो चिसोमा निकै समस्या भएको स्थानीय बासिन्दाले वताए ।

 

बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ ।चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको छ ।