बाजुराको बुढीनन्दा नगरपालिकाका एघार योजना छानविनका लागि अख्तीयारको पत्र

बाजुरा,माघ १२।बाजुराको बुढीनन्दा नगरपालिकामा अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कन्चनपुर कार्यालयले पत्र पठाउदै फाइलहरु झिकाएको जनाइएको छ । अख्तीयारमा उजुरी दर्ता भएका योजनाहरु मध्ये वडा न ७ मा निर्माण भएको डम्पीङ्ग साईड, नगरपालिकाले नियुक्ति गरेका स्वयमसेवक शिक्षक नियूक्ति प्रक्रिया, कोल्टी बृहत खानेपानि योजना, बड्डीगार्ड खोला लघुजलविद्युत आयोजना, बडा न ५ को छातिकोट खानेपानि योजनाहरुको छानविनका लागि फाइल झिकाएको छ ।

 

त्यस्तै भिडगाउँ बड्डाला जैलु शिराडी बृहत खानेपानि योजना, भारतीय दुताबासको सहयोगमा निमार्णाधिन रहेको जनप्रकाश माध्यामिक विधालयको भबन, स्वास्थ्य क्षेत्रका कर्मचारीको खटनपठन र पदस्थापना प्रक्रिया, सामाजिक विकास मन्त्रालय धनगढी कैलालि द्धारा विनियोजित आर्थिक बर्ष २०७५÷०७६मा संचालन गरेको स्वास्थ्य शिविरको खर्च, नगरपालिकाको जग्गा खरीद प्रत्रियाका र कोल्टी पोरखे सडक मर्मत योजनाको प्राविधिक लागत स्टमेट, नापीकिताव, कार्यसम्पन्न प्रतिबेदन, उपभोक्त समिति गठन प्रत्रिया, अनुगमन प्रतिबेदन, टेन्डर प्रक्रियाहरुका फाइलहरु अख्तीयारमा झिकाउन निर्देशन गरेको छ ।

 

बुढीनन्दा नगरपालिकाले विनियोजन गरेका योजनाहरु प्रभाबकारी नभएरै भुक्तानि गरेको, समिति गठन प्रक्रियामा लार्पवाहि गरेको भनि अख्तीयारमा उजुरी परे पछि अख्तीयारले नगरपालिकालाइ फाइल झिकाउन चिठी काटेको अख्तीयार दुरुपयो अनुसन्धान आयोगको कार्यालय कन्चनपुरले जनाएको छ ।

 

यता बुढीनन्दा नगरपालिकाका सूचना अधिकारी रामदत्त न्यौपानेले अख्तीयारले फाइल पठाउन भनि चिठी पठाएको पुष्टी गर्दै सो फाइल छानविनका पठाउने तयारीमा आफूहरु रहेको बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले अख्तीयारमा परेका उजुरीका विषयमा खख्तीयार छानविन गर्ने यसमा आफूहरुले पनि कडाइका साथ लाग्ने बताउनुभएको छ ।रेडियो बुढीन्दा।