कोरोना संक्रमणबाट काठमाडौंका एक युवाको मृत्यु

सांकेतिक तस्विर

ललितपुर,असार २६ ।ललितपुरकाे पाटन अस्पतालमा कोरोना संक्रमण भएर उपचाररत एक युवाको उपचारकै क्रममा मृत्यु भएको छ । काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण पुष्टि भएपछि असार २३ गते पाटन अस्पतालको कोभिड वार्डमा भर्ना भएका थिए ।

 

उनको उपचारकै क्रममा शुक्रबार दिउसो ४ः३० बजे मृत्यु भएको नेपाली सेनाको उच्च स्रोतले जनाएको छ । ती युवाको केहीबेरअघि पशुपति आर्यघाटको विद्युतीय शव गृहमा जलाइएको नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाले जानकारी दिए । युवाको शवको व्यवस्थापनमा आर्मीको टीम परिचालन गरिएको थियो ।  दैनिकी न्यूजबाट।