भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं,साउन,६ । कोरोना भाइरस महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा भदौ एकदेखि सञ्चालन गर्न पाइने मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक संस्था र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको हाे। 

 

 यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य रुपमा पालना गर्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिए ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिकामा १ असारदेखि व्यवस्थित रुपमै वैकल्पिक पठनपाठन सुरु गर्ने भनिएको छ । तर प्याब्सन र एनप्याब्सनले १ साउनदेखि अनलाइन कक्षा ठप्प पार्दै आएका छन्।

 

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्थाहरू भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय भएकाे मन्त्री खतिवडाले जानकारी दिए।