बाजुराको बुढीगंगा नगरपालिकाका वडा अध्यक्षको मृत्यु

सांकेतिक तस्विर

बाजुरा,साउन,७ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष राजेशकुमार सिंहको बुधबार बिहान हृदयघातका कारण मृत्यु भएको छ।

 

उनको हृदयघातबाट मृत्यु भएकाे हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिएका छन्। उनले भने घरको पुजा गर्ने तयारीमा रहेका बेला वडा अध्यक्ष नुहाएर घरमा आइसके पछि एकासी बेहोस भएकाे परिवारले बताएका छन्।

 

मृत्युको बारेमा थप जानकारी आउन सकेको छैन उनले भने मृत्यु के कति कारणले भएको हाे त्यस बारेमा जानकारी आइसकेकाे छैन।

 

एक्कासी मृत्यु भएकाेले उनमा हृदयघात भएको हुन सक्ने त्यँहाका स्थानीय वासिन्दा  र आफन्तले जनाएका छन्। उहाँ नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुनु हुन्थ्याे। के कति कारणले मृत्यु भएकाे हाे थप अनुसन्धान गर्ने त्यस पछि मात्र सबै भन्न मिल्ने गैरेले जानकारी दिएका छन्।