कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,कार्तिक ९ । चितवनमा थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको कोरोनाबाट ज्यान गएको हो ।

 

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

 

निमोनियाँका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

 
 यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो । ती महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चन्द्रनिगाहापुर नगरपालिका १ की ७७ वर्षीया महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । निमोनियाँका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । तिनको शनिबार साँझ मृत्यु भएको हो ।रासस