आज मिति २०७७ साल चैत १६ गते सोमबार भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- शुभ समाचार सुन्न पाईएला । गफैको भरमा काम बन्न सक्छ । कला र गलाको प्रभाव बढ्नेछ । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शत्रु पनि क्षय होलान् ।

 

 

तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आफन्त एवं इष्टमित्रसँग भेटघाट होला । कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ, तर एक्लैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

 

 

कुम्भ  गु, गे, गो, सा, सि, सु, से, सो, दा-मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

 

 

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

 

 

कर्कट  हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

 

 

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट रहला । लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्,तर खानपिनमा ध्यानदिनुहोला ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा गर्नुपर्नेछ । सामाजिक काममा सफलता प्राप्त हुनेछ, तर चोटपटकको भय छ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-आज आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ । -ज्यो.प.नारायणप्रसाद दुलाल