एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न बोर्डले माग्यो मन्त्रालयसँग अनुमति

काठमाडौं,जेठ १६ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नको लागि शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ ।

 

 

कोरोना महामारीका कारण स्थगित भएको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्नका लागि अनुमति मागेको बोर्डले जनाएकाे छ।  वैकल्पिक विधि भने पनि कुन विधिबाट परीक्षा गर्ने भन्ने खुलाइएको छैन ।

 

 

समितिले कक्षा १२ को परीक्षा विधिबारे पनि प्रतिवेदन बुझाएको छ । बोर्डले भने अहिले एसईईको लागि मात्रै अनुमति माग गरिएको जनाएको छ ।

 

 

जेठ १३ गतेबाट सञ्चालन हुने एसईईका लागि प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो । एसईईमा ५ लाख १७ हजार विद्यार्थी र कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षा दिने तयारीमा रहेको बोर्डले जानकारी दिएको छ ।

 

 

आइतबार बसेको बोर्डको बैठकले समितिलाइ सुझाएको वैकल्पिक विधि सहितको प्रतिवेदन मन्त्रालय पठाउने र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको छ।