कोरोनाविरुद्धको खोप लगाउने बितिकै के गर्नुपर्छ,यस्तो छ,कारण

काठमाडौं। हालसम्म खोप दिइने स्थानको अवस्था हेर्दा मानिसहरू खोप लगाउनेबित्तिकै आफ्नो काममा हिँडेको देखिएको तर विभिन्न सावधानी अपनाउँदा त्यस्तो गरिहाल्न भने नहुने चिकित्सकहरू बताउँछन्।

 

 

खोप लगाएपछि कम्तीमा १५ देखि ३० मिनेटसम्म खोप केन्द्रमै बस्नुपर्ने चिकित्सकहरु बताउछन् ।

 

 

कुनै पनि किसिमको प्रतिक्रिया शरीरमा देखिए तुरुन्तै हेरविचार गर्न मिल्नेगरी खोप लगाउने र लगाइदिने दुवैथरीले व्यवस्था मिलाउनु पर्ने भएकाले हतार गर्न नहुने बताउछन् ।