यी प्रदेशका केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना

काठमाडौं,जेठ १८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 

 

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ ।

 

 

हाल मौसमको अवस्था प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भूभागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश एक दुइ स्थानहरुमा हल्का वर्षा भएको छ ।

 

 

 

 आज दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । देशभर केहि स्थानहरूमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रदेश १, वागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

 

 

 

त्यस्तै आज राती प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकि प्रदेशमा एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का सम्भावना रहेको छ।

 

 

देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ।