पढेका कुरा चाँडै बिर्सिनु हुन्छ,यस्ता छन्,नबिर्सिने ६ उपायहरु

काठमाडौं। मानिसको मस्तिष्कले पढे लगत्तै सबै कुरालाई शतप्रतिशत भण्डारण गर्दछ । तर त्यसको एक घण्टा नबित्दै दिमागमा भण्डारण भएका जानकारी ४४ प्रतिशतमा घट्न पुग्छ ।

 

परिणाम स्वरुप, पटकपटक स्मरण नगरे ती कुरा मस्तिष्कबाट स्वतः हटेर जान्छ । सम्झँनै पर्ने वा स्मरणमा राख्नपर्ने कुरालाई पनि बिर्सदा कतिपय अवस्थामा ठुलो तनाव बेहार्नु पर्दछ ।

 

पढेका कुरा पछिसम्म सझिरहनुलाई यसो गनुहोस्

 

१-यदि कुनै कुरा लामो समयसम्म सम्झना रहिरहोस् भन्ने चाहाना छ भने पढे लगत्तै पहिलो पटक त्यसलाई दोहोर्‍याउने ।

 

 

२-त्यपछि करिब २०र३० मिनेट पश्चात्त सोहि कुरा दोस्रो पटक दोहोर्‍याउने । त्यसपछि एक दिन पश्चात्त तेस्रो पटक, २र३ हप्ता पश्चात्त चौथो पटक र २र३ महिना पश्चात्त पाँचौ पटक दोहोर्‍याएमा सम्झन सजिलो हुन्छ ।

 

 

३-कुनै कुरा लामो समयसम्म सम्झना रहिरहोस् भन्ने चाहाना भए पहिले त्यसलाई स्मृतिमा राख्नु पर्दछ । अन्यथा कुनै पनि कुरा जर्बजस्ती सम्झन खोजे यसले नकारात्मक असर गर्दछ ।

 

किनभने मस्तिष्कले कुनै पनि कुरा तुरुन्त सम्झन सक्दैन । यसकालागि समय दिन आवश्यक छ ।

 

 

४-पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन। परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ। घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ।

 

 

५-पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ। मानौँ नेपालीको विद्यार्थीले कथा, कविता लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरूले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ। हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न।

 

 

६-कतिपय फर्मुलाका बुँदा लामो र दिक्क लाग्दा हुन्छन्। सम्झन अप्ठ्यारो हुन्छ। इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ।

 

जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा प्वाइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।