सिन्धुपाल्चोकमा बेपत्तामध्येका ६ जनाको पहिचान खुल्यो

काठमाडौं। मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा बेपत्ता भएकाहरु मध्ये केहीको पहिचान खुलेको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा हेलम्बुका स्थानीय रहेका छन् ।

 

 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार वेपत्ता हुनेमा हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, हेलम्बु–३ की १३ वर्षीया टीकामाया खड्का, हेलम्बु–७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँगाचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु–६ का च्याङ्बा तामाङ रहेका छन् ।

 

 

यस्तै, ६ जनाको शव भेटिएको र पहिचान खुल्न बाँकी रहेको सापकोटाले जानकारी दिएका छन्‌।

 

 

​मेलम्ची नदी किनारका बस्ती सबै बाढीले पुरेकाले कति मानिस हराएका भन्ने अझै एकीन गर्न सकिएको छैन।

 

 

बाढीले ३ वटा पक्की र एउटा झोलुङ्गे पुल बगाएको छ। हेलम्बु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष छिरिङ ग्याल्बु लामाले मेलम्ची नदी किनारका झण्डै दुई दर्जन घर बगाएको प्रहरीले जनाएको छ ।