थप १० दिन थपियो निषेधाज्ञा, सवारी सञ्चालन हुन्छन्

काठमाडौं ।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । जारी निषेधाज्ञा ७ गते सकिँदैछ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा १० दिन थप गर्ने तयारी गरेका हुन् ।

 

 

निर्णयका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओको बैठक आज अपराह्न ४ बजे तय भएको छ ।

 

थप हुने निषेधाज्ञामा केही सेवा क्षेत्र खुकुलो गर्ने तयारी भइरहेको छ । व्यापार व्यवसाय लगायतका क्षेत्र खुकुले हुनेछन् ।

 

 

यस्तै सवारी साधनको हकमा जोर विजोर प्रणाली लागु गर्ने विषयमा छलफल भइरहेको छ । सम्भवतः नीजि सवारीहरु जोर विजोर प्रणालीअनुसार सञ्चालनमा आउनेछन् ।

 

 

गएको बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको थियो ।

 

 

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ ।

 

 

अब थपिने निषेधाज्ञामा व्यावसायिक अन्य प्रयोजनका पसलहरु पनि सञ्चालन गर्न दिइनेछ । अब कपडा पसल, भाडा पसललगायत भिडभाड कम हुने पसलहरु खोल्न दिइनेछ । तर, निश्चित समय तोकिने जनाइएको छ ।