प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटारस्थित उनको निवास पुगेका छन्।
बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ ।
यसअघि मंगलबार बिहान नै माओवादी अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।