गोंगबु बसपार्कमा डिजिटल प्रणालीबाट बसको टिकट बिक्री सुरु

काठमाडौं।गोंगबु बसपार्कमा डिजिटल प्रणालीबाट बस टिकट काटन सुरु गरिएकाे छ। याे भन्दा पहिले  हाते कागजबाट बस टिकट काटने गरिएको थियाे ।

 

अब कम्प्युटरको माध्यमबा टिकट बुकिङ गर्न सकिने भएकोले उपभोक्ताहरुलाई सुविधा हुने भएको छ।

 

२०५६ देखि सुरु भएको सो बसपार्क भित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो ।

 

 

 

अब यात्रुहरुले कुन बस कति समयमा जान्छन भन्ने जानकारी सहजै पाउने भएका छन। सो वसपार्कबाट हाल विभिन्न ६५ जिल्लामा बस सेवा संचालन भैरहेको छ।

 

 

आज नयाँ बसपार्कमा टिकट विक्रीमा डिजिटल प्रणालीका साथै लोत्से मल, आधुनिक खाजा घर तथा सिनेमा हलको उद्घाटन गरिएको थियो।