नेपालमा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि,थप ८ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ ।

 

 

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ।