सुनको मूल्य घट्यो,चाँदीको भाउ स्थिर,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा साताको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार पाँच सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

 

 

बुधबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।

 

 

त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

 

 

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २१० रुपैयाँ कायम भएको छ ।

 

 

मंगलबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ३७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।