नेपाल टेलीकमको फोरजी विस्तार बढेसँगै डेटा खपतमा व्यापक वृद्धि

काठमाडौं। नेपाल टेलिकमको दैनिक इन्टरनेट (डेटा) खपत एक वर्षमै दोब्बरभन्दा बढीले वृद्धि भएको छ। गोरखापत्र दैनिकका अनुसार टेलिकमको अहिले दैनिक डेटा खपत औसतमा ४८० टेराबाइट (टीबी) छ।

 

 

 

 

यो सन् २०२१ को औसत इन्टरनेट खपत हो। सन् २०२० मा कम्पनीको दैनिक औसत डेटा खपत २६३ टीबी मात्र थियो।फोरजी विस्तारका क्रम बढेसँगै कम्पनीको डेटा खपतमा व्यापक वृद्धि भएको हो।

 

 

 

 

कुल डेटा खपतमा फोरजीकै हिस्सा बढी छ। फोरजी प्रयोगमार्फत टेलिकमको दैनिक ४९३ टीबीसम्म डेटा खपत भएको छ जब कि सन् २०१९ को मध्यसम्म फोरजीबाट हुने डेटा खपत केवल ७.५५ टीबी थियो।

 

 

 

 

यो क्रम टुजी र थ्रीजीमा भने देखिँदैन। सन् २०१९ जुलाईमा टुजीमार्फत ६.१५ टीबी डेटा खपत भएकामा २०२१ नोभेम्बरमा घटेर २.८५ टीबी भएको छ।

 

 

 

 

सोही अवधिमा थ्रीजीबाट हुने डेटा खपत दैनिक ९०.६१ टीबीबाट बढेर ९२.५० टीबी पुगेको छ। फोरजीबाट डेटा खपत बढेपछि दुई वर्षको उक्त अवधिमा कम्पनीको डेटाको प्रयोग समग्रमा ४६४ प्रतिशतले बढेको छ।