क्रान्तिकारी माओवादी सम्वद्ध अखिल (क्रान्तिकारी)ले निर्वाचन बहिष्कार अभियान सशक्त बनाउँदै

काठमाडाैं।  नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल(क्रान्तिकारी) ले स्थानिय निर्वाचन बहिष्कार गर्ने अभियान सशक्त बनाउँदै गएकाे छ।
 
 
 
त्यस्तै आज ललितपुरकाे लगनखेलमा रहेकाे नमुना मछेन्द्र उच्च मा.वि.मा बहिष्कार अभियान संचालन गरिएकाे छ।
 
 
 
उक्त बहिष्कार कार्यक्रममाकाे प्रमुख उपस्थित अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल ,उपाध्यक्ष शिलु न्याैपाने,सचिव राम तिरुवा,केन्द्रीय सदस्य ईश्वरसिह साउद,विष्ण महर्जन, देबेन्द्र धामीलगायत पूर्वी कमाण्ड अन्तर्गत अभियान टिमका सदस्यहरु रहेका थिए।
 
 
 
 
साे कार्यक्रम अझै सशक्त बनाउँदै देशभर अभियान संचालन गर्ने पार्टीकाे नितिअनुरूप आफुहरू बहिष्कार कार्यक्रमलाइ अगाडी बढाउँदै गएकाे उपाध्यक्ष शिलु न्याैपानेले  बताएकी छन्।