भरतपुर नै चाहिन्छ भन्ने छैन, काठमाडौ,विराटनगर भए पनि ठीकै छ: अध्यक्ष प्रचण्ड

फाइल तस्वीर

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन्।

 

 

 

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भरतपुर र रेनु दाहालमा आफूले अडान नलिएको दावी गरे ।

 

 

 

‘भरतपुर नै नभई भएन रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन, गठबन्धनमा एउटा महानगर त माओवादी केन्द्रले पाउने नै होला । काठमाडौ दिने भए पनि ठीक छ, विराटनगर भने पनि ठीकै छ ।

 

 

 

तर विगतको चुनावमा माओवादी केन्द्रले जितेको हुनाले माओवादी केन्द्रले भरतपुर लिँदा नै उपयुक्त हुने प्रचण्डले बताए ।