नेपाल पत्रकार महासंघले निष्काशित पत्रकारलाई तत्काल पुनर्बहाली गर्न माग राख्दै कान्तिपुरमा धर्ना

काठमाडौं। नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले कान्तिपुरको तीनकुनेस्थित कार्यालय परिसर अगाडि धर्ना दिएका छन्।

 

 

उनीहरुले पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागू, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्नेसहित माग राखेका छन्।

 

 

 

महासंघले आइतबार एक कार्यक्रम पत्रकार सम्मेलन गरी श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिनेलगायत समस्या बढ्दै जान थालेपछि विरोध कार्यक्रम घोषणा गरेको थियो।

 

 

उनीहरुले विभिन्न बहानामा निष्काशित गरिएका पत्रकारहरुलाई तत्काल पुनर्स्थापित गर्न पनि माग गरेका छन्।

 

 

 

पत्रकार महासंघले सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा पनि वैशाख ७ र ८ गते दिउँसो १२ देखि १ बजेसम्म धर्ना कार्यक्रम आयोजना गरेको छ।