माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेन साहवीच भेटवार्ता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरका मेयर बालेन साहले भेटवार्ता गरेका छन् ।

 

 

नवनिर्वाचित साहले पछिल्लो समय राजनीतिक दलका उच्च नेता तथा प्रमुख कार्यकारीहरुसँग भेटवार्ता गरिरहेका छन् ।

 

 

 

जसक्रममा प्रमुख साहले शनिबार बिहान खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन् ।

 

 

 

प्रचण्डसँगको भेटमा उनले काठमाडौं महानगरको फोहोर व्यवस्थापनका लागि सहयोग गर्न आग्रहसमेत गरेका थिए ।

 

 

सो क्रममा प्रचण्डले साहलाई राम्रो कामको लागि सँधै साथ रहने आश्वासन दिएको बताइएको छ ।

 

 

 

साहलाई प्रचण्डले तपाईँको जित नै क्रान्ति भएको बताएका थिए ।

 

 

 

प्रचण्डले पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टममा रहेको तर सहाले भने पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहेको भन्दै प्रशंसा गरे ।

 

 

 

 

यसअघि प्रमुख साहले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए ।