रवी लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं । पत्रकारिता छोडेर राजनीतिमा आएका रवी लामिछानेले नयाँ दल खोलेका छन् ।

 

 

मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयाेजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्।

 

 

लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।

 

 

 

चुनाव चिह्न घण्टी प्रस्ताव गरेका लामिछानेले पार्टी कार्यालय बसुन्धरामा रहने जानकारी पनि दिए ।आगामी चुनावमा कहाँबाट लड्ने भनेर चाहिं उनले खुलाएनन् ।

 

 

कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि व्यापारिक र व्यावसायिक घरानाबाट चन्दा संकलन नगर्ने घोषणासमेत गरेका छन् ।

 

 

पार्टीका सदस्यबाट उठ्ने रकमबाट पार्टी चलाउने उनले बताए । लामिछानेले व्यापारी व्यवसायीले ढुक्क भएर व्यापार गरेर सरकारलाई नियम अनुसार कर तिरे मात्र पुग्ने बताए ।

 

 

पार्टी घोषणा कार्यक्रममा कलाकारहरु प्रेमराजा महत, किरण केसी, राजाराम पौडेल लगायत पनि सहभागी थिए ।