प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा ८ महिनाको अवधिमा २० वटा जटिल बिरामिको शल्यक्रिया

बाजुरा। बाजुराकाे कोल्टीमा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा ८ महिनाको अबधिमा २० वटा जटिल बिरामिको शल्यक्रिया सफल भएको छ। आफु प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा आएको ८ महिनाको अबधिमा स्रोत साधानको अभावमा समेत २० वटा जटिल बिरामिको शल्यक्रिया गरेको एमडिजिपिइएम डा.रन्जित शाहले बताउनुभयो।

डा. शाहका अनुसार हिजो मात्रै बुढीनन्दा नगरपालिका ७ का स्थानीय नन्दलाल जैशीकी २८ बर्षिया श्रीमति नन्दा जैशीको शल्यक्रिया गरीएको छ। जैशीलाई सुत्केरी ब्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी ल्याएको थियो।

जैशी स्वास्थ्य केन्द्र पुग्दा कम्पन आउने, खुट्टा सुनिएको, उच्च रक्तचाप लगायतका लक्षण देखिएको थियो । उक्त समस्या देखिएमा २ घण्टाभित्र शल्यक्रिया गरी बच्चा ननिकालेमा मृत्यु हुने सम्भावना बढी हुने भएकाले जटिल शल्यक्रिया गरीएको डा. शाहले बताउनुभयो।

उक्त समस्या भएका गर्भवतिलाई आईसियूमा राखेर मात्रै उपचार सम्भव भए पनि आफुले सफल शल्यक्रिया गर्न सफल भएको डा। शाहको भनाई रहेको छ ।

प्रिकेलेम्सीया भएका बिरामिको जिल्लामा पनि उपचार हुन नसक्ने भएपनि आफु्नो टिमले उक्त बिरामीको उपचार सफल गरेको बताउनुभयो । सडक सुबिधा राम्रो नहुदा र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अक्सिजन प्लान्ट नहुदा समस्या हुदै आएको छ ।

एमडिजिपिइएम डा.रन्जित शाह लगायत डा. प्रतिक न्योपाने, लालबाबु यादव, स्टाफनर्स र प्रमिला बिष्ट र सरिता वि.कको टिमल सफल शल्यक्रिया गरेको हो।

जिल्ला अस्पताल बाजुरामा भन्दा बढी बिरामि आउने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा चार जिल्लाका बिरामि आउने गरेका छन्। बाजुराका चार पालिका लगाएत हुम्ला, मुगु र कालिकोटका बिरामि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका छन्।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीको स्वास्थ्य सँस्थालाई सुविधा सम्पन्न बनाउन बुढीनन्दा नगर पालिकाको नगर सभाले एमडिजिपिइएम मेडिकल अधिकृत, स्त्री रोग विशेषज्ञ, एनेस्थेसिया, स्टाफ नर्स, एचए, अनमिको दरबन्दी कायम गरि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित गर्न आइसियू र अक्सिजन प्लान्टको लागि नगरपालिकाले सरोकारवाला निकायसंग समन्वय गरेर जोखिमपूर्ण विरामीका लागि राहत पुग्ने व्यवस्थापन गरिने कुरा नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्।