एकीकृत समाजवादी निकट अनरास्ववियूको अध्यक्षमा आरती लामा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनरास्ववियूको नेतृत्व परिवर्तन भएको छ।

अनेरास्ववियूको काठमाडौंमा बसेको स्थायी कमिटी बैठकले आरती लामालाई अध्यक्ष चयन गरेको हो।

सुदेश पराजुली नेतृत्वको कमिटीमा लामा महासचिव थिइन्। बैठकले पराजुलीलाई विदा गर्दै लामालाई अध्यक्ष चयन गरेको हो। महासचिवमा महेश श्रेष्ठ चयन भएका छन्।