टी-२० विश्वकप क्रिकेट एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको ट्रफी सार्वजनिक गरेको छ।

सोमबारदेखि काठमाडौंमा हुने आईसीसी टि-२० विश्वकप छनोट एसिया फाइनलका खेलअघि सहभागी ८ वटा देशका कप्तानले ट्रफीसँग तस्वीर खिचाएका छन्।

उक्त प्रतियोगितामा नेपाल, ओमान, युएई, हङकङ, मलेसिया, सिंगापुर, कुवेत र बहराइन सहभागी छन्। नेपाल ओमान मलेसिया र सिंगापुर समूह ए मा छन् भने युएई, हङकङ, बहराइन र कुवेत समूह बीमा छन्।

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल खेल जितेर फाइनल पुग्ने दुई टिम २०२४ मा वेष्ट ईन्डिज र अमेरिकामा हुने आईसीसी टि-२० विश्वकप छनोट हुनेछन।