नर्सिङ्ग लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन खुला

फाइल तस्वीर

काठमाडौं। नर्सिङ्ग लाइसेन्स परीक्षाका लागि आजदेखि आवेदन फारम खुला भएको छ। नेपाल नर्सिङ काउन्सिलले आगामी चैत ३ गते लिने लाइसेन्स परीक्षाको अनलाइन फर्म आजदेखि खुला हुने भएको हो।

पीसीएल र बीएस्सी नर्सहरूलाई छुट्टाछुट्टै फर्म भर्न काउन्सिलले आग्रह गरेको छ। फागुन २१ सम्म फारम भर्नेले तीन हजार १०० रुपैयाँ नियमित दस्तुर बुझाउनु पर्ने छ।

दोब्बर दस्तुर ६ हजार १०० रुपैयाँ तिरेर फागुन २२ देखि २४ गतेसम्म फर्म भर्न सकिने काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।