नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौं। निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै नामिबियाले त्रिकोणात्मक टी–२० सिरिजमा नेपाललाई २०७ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा आज भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो। लोफ्टी इटनले १०१ रन बनाए।